/* Google Analytic codes start here*/ /* Google Analytic codes End here*/

Welcome !

Welcome to Prem's blog
All the materials contained in this blog are subjected to copy right of Mr. Prem KC unless other sources mentioned. Thanks for visiting my blog.

Showing posts with label views. Show all posts
Showing posts with label views. Show all posts

15 November 2016

म किन लेख्दिन ?

कलेज पढ्न सुरु गरेको केहि समयपछिको कुरा हो, एकरात मेरो मिल्ने साथीको डेरामा वास बसियो। साथीको दाइहरु, साथी, म गफ गर्दै थियौं, वातावरण रमाईलै थियो। प्रसङ्ग के थियो ठ्याक्कै थाहा छैन, बिर्से। हाम्रो पढाईको बारेमा दाइहरु सोधिनैहाल्थे। म साथीले गज्जब गरेको छ भन्दिन्थे, उ मेरो बारेमा प्रसंशा ठोकिदिन्थ्यो। त्यती नगरे फेरी दुईजना संगै हिड्न नपाइएला भन्ने पीर। सम्झौता बिनाको आपसी समझदारी !
गफ गर्दै सुन्दै जाँदा दाईहरुलाई मेरा गफ रमाईला, चोटिला लागेछन् क्यारे माइल्दाइले 'प्रेम तिमी किन केही लेख्ने गर्दैनौ ?' भन्नुभयो।  साथीले मौका छोपे "प्रेमले कविता लेख्छन नि" भन्दिहाले। के लेख्थे थाहा छैन, अलि अलि छन्द मिलाएर हामी कविता भन्दै मिलेमा एक अर्का लाई सुनाउथ्यौ।  साथी अलि राम्रै लेखक हुन् , थाहा छैन अझैँ लेख्दै छन् कि लेखन बन्द भै सक्यो।  धेरै भो यो सम्बन्धि कुरा नभाको, सायद हामी दुबैको चासो कम छ लेखनमा !
त्यसपछि मलाई लेख्दा राम्रै हुन्छ जस्तो लाग्यो, कविता सविता होइन अरु ठुलै केही लेख्नु पर्ला भन्ने लग्यो।  त्यो अरु केही, ठुलै केही भनेको के हो अझै खोज्दै छु सोच्दै छु तर फिटिक्कै केहि लेखिएन। मुड चलेकोबेला केहि लेख्न पर्ला भनेर यो ब्लग सुरु गरे, यसमापनि खासै लछारपाटो लागेन। 
आजचाहि म किन लेख्दिन, म जस्ता कारण भएका अरुपनि होलान सायद, भन्ने कारण भन्न मन लाग्यो। 
  1. अल्छी लागेर / मुड नचलेर : धेरैजसो समय दिमागमा केहि न केहि विचारहरु आइरहेकै हुन्छन, कति छोटो समयमै उडछन् त केहि अलि लामो समय टिक्छन् । टिपोट गर्ने बानी नहुदा केहि समयमा हराइसक्छन, फेरी त्यहि कुरा सिलसिलेवार रुपमा आउदैनन्। कतिपय बेलामा चाही फुर्सद पनि हुन्छ, बिचारहरु पनि हुन्छन तर मुड चल्दैन, थाहा छैन यो ठ्याक्कै समयमा चलाउन चाही के गर्नुपर्छ ?
  2. नेपालीमा टाइप गर्न ढिलो हुने भएर : थाहा छ युनिकोड नेपाली Romanized मा सजिलै लेख्न सकिन्छ भनेर तैपनि मलाई English मा भन्दा अलि बढी नै समय लाग्छ। कतिपय बेला पट्यार लागेर छोडिदिन्छु , फेरी पछि त्यहि कुरालाई निरन्तरता दिन मन लाग्दैन। त्यसो त् English मै लेखेपनि हुने भन्ने मतपनि होला, यसमा आफुलाई त्यति खत्रा लाग्दैन।  तैपनि कोशिश चाही गरेको छु, गरिरहनेछु।
  3. बिषयगत ज्ञान नभएर : आफुलाई सर्वज्ञानी लाग्दैन। केहि लेख्यो भने मान्छेहरु अर्तिको रुपमा लि'देलान कि झैँ पनि लाग्छ।  ज्ञान नभाको कुरामा अर्ति दिनु पनि भएन। तरपनि धेरैलाई भन्दा केहि कुराहरुको बेशी ज्ञान हुनसक्छ त्यस्तो कुरामा वा आफ्नो विचार लेख्दाचाही हुन्छ होला। लेख्नुभन्दा पहिलाको यो सोचलेपनि रोकेको छ धेरै पटक। त्यसो त ब्लग न हो धेरै बौद्धिक बन्नपनि आबश्यक नहोला। 
  4. शब्दहरुसँग खेल्न नजानेर : र्हस्व दीर्घको त सामान्य ज्ञान मात्रै हो मेरो त्यसमाथि शब्द ज्ञान पनि ब्यापक छैन भन्ने पर्दाखेरी कहिलेकाही लेखनमा अबरोध उत्पन्न हुनजान्छ। त्यसो त लेख्दा शब्द जाल नै बिछ्याउनु पर्ने होइन तैपनि भाष्य रस ननिस्केको अनुभूति भैदिन्छ। 
  5. गर्नुपर्ने अरु काम मुख्य हुने भएर : हातमुख त जोड्नै पर्यो, रोजगारीले बहाना दिन्छ पन्छिन। कहिलेकाही सच्चिकैको पेलान पनि हुदैहुन्छ अनि त के चाहीयो र ह्य़ा मुला विचार, ब्लग छोड्दे भन्यो महिनौ बित्छ। 
  6. सामाजिक संजालमा ब्यस्त भएर : Facebook, Twitter, Youtube आदि इत्यादी, फाइदा बेफाइदा बहसको बिषय होला तर समय बर्बाद गर्ने मेसिन हुन् भन्नेमा दुइमत पनि नहोला।  यीनको असर मलाई पनि बेला बेलामा पर्ने गर्दछ।
कारण जे भएपनि, केही देखेको, जानेको, बुझेको लेख्ने कोशिस चाही त पक्कै गर्नेछु - अलि ढिलो ढिलै भएपनि। मूडकै कुरा फेरिपनि आजचाहि कार्यालयमै बसेरै हातमुख जोड्दै लेखियो। 

ब्लग के हुदैछ भनेर सोध्ने सुबिमलाई धन्यवाद। 

कुशल घट्टेकुलोतिरका केही यादहरु पनि छन् है !

13 October 2014

जनकविलाई हार्दिक श्रधांजलि !!

यसो फेसबुक हेर्दै थिऍ , कान्तिपुरको लिंकमा "जनकवि केशरी धर्मराज थापाको निधन" भन्ने थाहा पाईयो। शीर्षक पढ्दै दु:ख लाग्यो।  
करिव १२-१३ बर्ष पहिले उहालाई भेटेको कुरा याद आयो। छोटो, त्योपनि यात्राको भेट थियो। मेरो भान्जा (रेशम) स्वयम्भूको ब्यारेकमा भएकोले उतैतिर बस्थे, म उनको डेरामा वासबसी बिहानै टेम्पो चढी पाटनतिर डेरामा फर्किदै थिए, स्वयम्भू नजिकैबाट जनकविपनि संयोगले म चढेकै टेम्पोमा एउटा ठुलो, गज्जबको कुकुर सहित चढ्नु भयो। मैले उहाँलाई प्रत्यक्ष कहिल्यै भेटेको थिएन, उहाँले मलाई चिन्ने त झन् कुरै भएन।
'हरियो डाँडामाथि........ हो हो माले हो हो........' त मेरो मनपर्ने अनि सानोमा गुनगुनाउने गीत नै भो । त्यसो त उहाका थुप्रै कर्णप्रिय गीतहरु रेडियो नेपालमा बज्थे, बज्छन्। टेलिविजन, पत्रपत्रिकामा मैले उहाँलाई देखेको र उहाँका गीतहरु सुनेकोले चिनिहाले। त्यसैले सम्मानसाथ नमस्कार गरें।  उहाँले नमस्कार फर्काउनु भो अनि बाबुको घर काँ ? भनेर सोध्नु भो। मैले दांग भनेपछि , आफु दांग लगायत आसपासका जिल्लाहरु घुमेको स्मरण गर्नु भो, साथमा बाबुको घरमा को को छन्, सन्चो बिसन्चो सम्म सोध्न भ्याउनु भो। 
मनमनै लाग्यो यी मान्छे ठुला मात्र हैनन, सरलताको सुगन्ध भएका असलपनि हुन् । यत्तिकैमा टेम्पो चालक दिदी पछाडी फर्केर भाडा उठाउन थालिन, जनकविको पालो आयो।  उहासंग रु. ५०० को नोट रै'छ त्यहि दिनु भो, त्यसपछि त के थियो र दिदी बम्किहलिन ' बाजे बिहान बिहानै यत्रो ठुलो नोट देखाउने' भनेर।  उनले उहालाई चिनिनन्  या वास्ता गरिनन् त्यो त मलाईपनी थाहा भएन तर उहालेचाहिँ साह्रै अप्ठ्यारो मान्नुभयो। अरु यात्रुलाई पनी खासै मतलव भएन। मलाई चाही अवसर मिले झैँ भो, उहाको र मेरो भाडा रु. १० तिरे। उहाले मलाई धन्यवाद दिदै भन्नु भो बाबुको पैसा म फिर्ता गर्छु, मेरो घरमा आउनु होला।  घरको ठेगनापनी बताउनु भयो। मैले फिर्ता गर्नु पर्दैन, हजुरसँग भेट हुनु मेरो भाग्य हो भनें।  किन किन त्यो दिन मनमा सार्है आनन्द लाग्यो। 
उहा कुकुरको उपचार गराउन कालिमाटीमा ऒर्लनुभो, म आफ्नो डेरातिर। 
आज उहाको निधनको खबरले त्यो दिनको खुसि भन्दा धेरै गुणा दुखी तुल्याएको छ। मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछु। 
नेपालीका जनकवि केशरीलाई हार्दिक श्रधांजलि !!

5 January 2014

Nepal : one of the best travel destination in the world

It's great to see Nepal as 3rd most popular holiday destination for Aussies in commonwealth bank website (https://www.commbank.com.au/personal/can/going-on-holiday/top-10-travel-destinations.html) . Nepal has been described as one of the best treking desination along with its natural beauty. It also highlights the sensational Everest base camp and famous Annapurna treks.

Commonwealth bank list Nepal as one of the Top 10 travel destinations
Nepal is not only about treking, natural beauty, himalyas but also for exploring its people, culture, sprituals, temples, jungles, safaris, plain terai, rivers/rafting, lakes, hills, bungee jumping and in fact, everything except ocean.

29 June 2013

यो झरी, त्यो वर्षा

एकदमै छोटा दिन, चीसा रात , त्यसमाथि लगातारको झरी । सिड्नीको हालको मौसम यस्तै छ, लगभग १० दिन भो घामले मेरो मुख हेर्न नपा'को । मौसम यस्तोसंग बर्षिएको छ की सुर्यपनि उदाउंछ र ! भन्नेमा शंका  हुनथालेको छ । सबैलाई झैँ मलाईपनि यो बर्ष अलि बढी चिसो हो कि भन्ने लाग्दैछ । चौबिसै घण्टा बत्ति जादैन, मन लाग्दा हिटर बाल्दा भएकै छ, जाँगर चल्दा तातो-मीठो खाने कुराको समस्या छैन, ट्रेन/कारमा, काम गर्ने ठाउँमा  ए सी चलेकै हुन्छ तैपनि झरिमाथिको गनगन छुटेको छैन ।

24 December 2008

Merry Christmas

Festivals are always amazing to me. Today is the Christmas day.Whatever the religion, if we can feel festivals, its fantastic.
Merry Christmas to everyone who celebrates it.

9 December 2008

Malfunctioning Part

Sometimes even non living life looks exciting to me. When living life becomes non living or life has to be pushed like non living then non living life can be expected as more exciting. I imagine what if I was a machine. Anyway we have been continuously moving like a part of machine or a whole machine in this system. Machine has certain life span, running time, maintenance period. Machine may be immediately stopped when there is any symptom of malfunctioning or disorder. There can be another machine or part to replace.

There is a similarity between the machine life (non living) and human life (living) that is the runner or controller – a human, for the both. Why a human is restless? Where is the end of this speed? Why don’t we get replacement parts?

We have to be revived ourselves and run smoothly even if any failure under any circumstances. This is the rule of life. Sometimes, I feel like being a malfunctioning part of the machine, so that the ‘pause’ button can be pressed and machine can take rest for a while.

17 November 2008

If I were a bird

When we imagine freedom, peace and enjoyment, most of the times, we think of being a bird, swinging over the horizon probably with a lovely partner. Birds by nature enjoy freedom, and don’t have to be depended on anything for that. They are free of laws, rules and regulations and any sorts of boundaries for freedom.



These Sydney birds are loosing their enjoyment, freedom because of starvation like many human beings in the world. One day, I was with my wife having snacks in a park, these birds came closer to us in an expectation of getting foods. These pictures were snaped up at the mean time.

However, these lucky birds are enjoying more rights than most people in the world. Don’t imagine catching, hitting or killing of them. You can immediately be punished by the council or authorities. Sometimes you may also have to think twice to feed them because you can’t feed them anything you like. Anyone may be observing you and will complain immediately if you do something wrong. This is called awareness, responsibility. I liked it.

See the differences, in my country; two youths have been murdered and buried in the bank of a river. There is no one to take responsibility of their lives. Legal action against the murderer is far from the people’s expectations and people are protesting for their right to survive.

If I were a bird, at least I would enjoy my life.