कलेज पढ्न सुरु गरेको केहि समयपछिको कुरा हो, एकरात मेरो मिल्ने साथीको डेरामा वास बसियो। साथीको दाइहरु, साथी, म गफ गर्दै थियौं, वातावरण रमाईलै थियो। प्रसङ्ग के थियो ठ्याक्कै थाहा छैन, बिर्से। हाम्रो पढाईको बारेमा दाइहरु सोधिनैहाल्थे। म साथीले गज्जब गरेको छ भन्दिन्थे, उ मेरो बारेमा प्रसंशा ठोकिदिन्थ्यो। त्यती नगरे फेरी दुईजना संगै हिड्न नपाइएला भन्ने पीर। सम्झौता बिनाको आपसी समझदारी !
गफ गर्दै सुन्दै जाँदा दाईहरुलाई मेरा गफ रमाईला, चोटिला लागेछन् क्यारे माइल्दाइले 'प्रेम तिमी किन केही लेख्ने गर्दैनौ ?' भन्नुभयो। साथीले मौका छोपे "प्रेमले कविता लेख्छन नि" भन्दिहाले। के लेख्थे थाहा छैन, अलि अलि छन्द मिलाएर हामी कविता भन्दै मिलेमा एक अर्का लाई सुनाउथ्यौ। साथी अलि राम्रै लेखक हुन् , थाहा छैन अझैँ लेख्दै छन् कि लेखन बन्द भै सक्यो। धेरै भो यो सम्बन्धि कुरा नभाको, सायद हामी दुबैको चासो कम छ लेखनमा !
त्यसपछि मलाई लेख्दा राम्रै हुन्छ जस्तो लाग्यो, कविता सविता होइन अरु ठुलै केही लेख्नु पर्ला भन्ने लग्यो। त्यो अरु केही, ठुलै केही भनेको के हो अझै खोज्दै छु सोच्दै छु तर फिटिक्कै केहि लेखिएन। मुड चलेकोबेला केहि लेख्न पर्ला भनेर यो ब्लग सुरु गरे, यसमापनि खासै लछारपाटो लागेन।
आजचाहि म किन लेख्दिन, म जस्ता कारण भएका अरुपनि होलान सायद, भन्ने कारण भन्न मन लाग्यो।
ब्लग के हुदैछ भनेर सोध्ने सुबिमलाई धन्यवाद।
कुशल घट्टेकुलोतिरका केही यादहरु पनि छन् है !

- अल्छी लागेर / मुड नचलेर : धेरैजसो समय दिमागमा केहि न केहि विचारहरु आइरहेकै हुन्छन, कति छोटो समयमै उडछन् त केहि अलि लामो समय टिक्छन् । टिपोट गर्ने बानी नहुदा केहि समयमा हराइसक्छन, फेरी त्यहि कुरा सिलसिलेवार रुपमा आउदैनन्। कतिपय बेलामा चाही फुर्सद पनि हुन्छ, बिचारहरु पनि हुन्छन तर मुड चल्दैन, थाहा छैन यो ठ्याक्कै समयमा चलाउन चाही के गर्नुपर्छ ?
- नेपालीमा टाइप गर्न ढिलो हुने भएर : थाहा छ युनिकोड नेपाली Romanized मा सजिलै लेख्न सकिन्छ भनेर तैपनि मलाई English मा भन्दा अलि बढी नै समय लाग्छ। कतिपय बेला पट्यार लागेर छोडिदिन्छु , फेरी पछि त्यहि कुरालाई निरन्तरता दिन मन लाग्दैन। त्यसो त् English मै लेखेपनि हुने भन्ने मतपनि होला, यसमा आफुलाई त्यति खत्रा लाग्दैन। तैपनि कोशिश चाही गरेको छु, गरिरहनेछु।
- बिषयगत ज्ञान नभएर : आफुलाई सर्वज्ञानी लाग्दैन। केहि लेख्यो भने मान्छेहरु अर्तिको रुपमा लि'देलान कि झैँ पनि लाग्छ। ज्ञान नभाको कुरामा अर्ति दिनु पनि भएन। तरपनि धेरैलाई भन्दा केहि कुराहरुको बेशी ज्ञान हुनसक्छ त्यस्तो कुरामा वा आफ्नो विचार लेख्दाचाही हुन्छ होला। लेख्नुभन्दा पहिलाको यो सोचलेपनि रोकेको छ धेरै पटक। त्यसो त ब्लग न हो धेरै बौद्धिक बन्नपनि आबश्यक नहोला।
- शब्दहरुसँग खेल्न नजानेर : र्हस्व दीर्घको त सामान्य ज्ञान मात्रै हो मेरो त्यसमाथि शब्द ज्ञान पनि ब्यापक छैन भन्ने पर्दाखेरी कहिलेकाही लेखनमा अबरोध उत्पन्न हुनजान्छ। त्यसो त लेख्दा शब्द जाल नै बिछ्याउनु पर्ने होइन तैपनि भाष्य रस ननिस्केको अनुभूति भैदिन्छ।
- गर्नुपर्ने अरु काम मुख्य हुने भएर : हातमुख त जोड्नै पर्यो, रोजगारीले बहाना दिन्छ पन्छिन। कहिलेकाही सच्चिकैको पेलान पनि हुदैहुन्छ अनि त के चाहीयो र ह्य़ा मुला विचार, ब्लग छोड्दे भन्यो महिनौ बित्छ।
- सामाजिक संजालमा ब्यस्त भएर : Facebook, Twitter, Youtube आदि इत्यादी, फाइदा बेफाइदा बहसको बिषय होला तर समय बर्बाद गर्ने मेसिन हुन् भन्नेमा दुइमत पनि नहोला। यीनको असर मलाई पनि बेला बेलामा पर्ने गर्दछ।
ब्लग के हुदैछ भनेर सोध्ने सुबिमलाई धन्यवाद।
कुशल घट्टेकुलोतिरका केही यादहरु पनि छन् है !
No comments:
Post a Comment