Welcome !
Welcome to Prem's blog
All the materials contained in this blog are subjected to copy right of Mr. Prem KC unless other sources mentioned. Thanks for visiting my blog.
27 July 2026
9 January 2026
19 November 2025
29 October 2025
15 August 2025
13 August 2025
8 August 2025
7 August 2025
25 July 2025
4 March 2025
5 February 2025
30 January 2025
30 November 2016
डा. के सी पागल नै त हुन
प्रसंग १ :
करिब १५ बर्ष अघि देब्रे बंगारा असह्य दुख्यो, पाटनतिर डेरा भएकोले लगनखेल बसपार्क नजिकैको एउटा डेन्टल क्लिनिकमा छिरे, आफ्नो समस्या बताए। डाक्टरले (अहिलेसम्म) समाधान निकाल्यो - बंगारा उखाल्ने। दाँत दुखाईको पीडाबाट मुक्ति चहिएकोले अरु कुरा सोचिएन, अरु केहि विकल्पको बारेमा नभनिकनै मलाई सुताइयो। औषधि त पहिलेनै खाईसकेको थिएँ तर काम गरेको थिएन। पहिला सुई लगायो अनि सनासोले (मेडिकलमा जे नाम भएपनि) तान्यो, सकेन फेरी सुई लगाउदै निकाल्ने कोशिस गर्दै गयो। पाचौ पटक सुई लगाई सकेपछि मैले सोधे "तपाई डाक्टर हो ?", उसले भन्यो "हैन", उसो भए मेरो दाँत निकाल्न किन लागेको त? भनेर सोध्दा उसले आफ़ुले यो काम गर्न सक्ने बतायो। आफ्नो पद के भनेर भन्यो या भनेन मैले अहिले बिर्सें। छैटौ पटकमा केटोले मेरो दाँत निकाली छाड्यो। मलाई पीडाबाट त बिस्तारै मुक्ति मिल्यो तर एउटा दांत निकाल्दाका असरहरु जिन्दगी भर नै रहनेछन।
केहि बर्षपछी अर्को तिरको बंगारा फेरी त्यसरी नै दुख्न थाल्यो, अब डेरा अर्को ठाउँतिर थियो त्यसैले पुल्चोकबाट मंगल बजारतिर जाने बाटोमा एउटा पुरानो घरमा डेन्टल क्लिनिक छ त्यसमा गए, त्यहाँ सायद शाक्य थरको हुनुपर्छ, डाक्टर हुनुहुन्छ - बिर अस्पतालतिर काम गर्ने, उहाको दिदी सहित क्लिनिक बेलुकातिर खुल्थ्यो।
अब त मलाई आफै उपचार थाह भैसकेको थियो - उखाल्ने , गर्न मात्रै नसक्ने थिए। त्यसैले सिधै डाक्टरलाई भने दांत फाल्नु पर्यो। उहाले हेरेर फाल्नु हुदैन, पर्दैन RCT गर्दा ठिक हुन्छ भनेर सम्झाए पछि मैले त्यो उपचार गराएं, अहिले सम्म ठिक छ।
अहिले सोच्छु त्यो पहिलो मान्छे जस्तैले मेरो दाँतको ठाउमा अरु कुनै अंगको उपचार गरेको भए ?……… देशको स्वास्थ्य क्षेत्रको अवस्था अझै पनि त्यस्तै नै हो।
प्रसंग २ :
करिब ४ बर्ष अघि मेरो छोरा जन्मियो अस्ट्रेलियामा, सुत्केरी ब्यथा नलागेकोले श्रीमतीलाई अघिल्नो दिन देखि नै भर्ना गरेको थियो Canterbury Hospital ले , जुन सरकारी नै हो। बच्चा जन्मियो तर आमाको दुध चुस्न जानेन, त्यो सिकाउन १ हप्ता अस्पतालमै बस्नु पर्छ भन्यो, पछि सम्बन्धित नर्स बेला बेलामा घरमै आएर पनि रेख देख गरिन।
भर्ना भएदेखि हामीले, बच्चा जन्मिने बेलामा बावु संगै बस्नु पर्ने बाहेक, खाना, कपडा बोक्नु परेन, कुरुवा बस्नु परेन। बिरामीलाई नुहाउने, कपडा फेरिदिने देखि सम्पूर्ण जिम्मेवारी उनीहरु आफैले लिए। यो सबै भै सक्दा $1 पनि तिर्नु परेन।
छोरा जन्मेको दोश्रो दिनमै नेपालमा बुवालाई Heart Attack भएको खबर पाएँ। मलाई चाही संबैले ठिक भैहाल्छ, उता बच्चा आमापनि अस्पतालमै छन् , हेरेर बस भन्न थाले। मेरो मनले मानेन यता अस्पतालमा ढुक्क हुन सकिन्थ्यो - फेरी श्रीमती र सासूले जाने सल्लाह दिनु भो, म गएं।
बुवालाई घरमै बेहोस भएपछि दांगमा केहि हुन सकेन हतार हतार एम्बुलेन्समा कोहलपुर मेडिकल कलेज पुर्याइएछ, त्यहा डाक्टरले ५ % बच्ने सम्भावना छ पूजा पाठ केहि गर्नुपर्ने भए गर्दा हुने सल्लाह दिएछन। परिवारले नमानेर सम्भव हुने ठाउमा पुर्याउने भनेपछि, अर्को एकजना संयोगले काठमाडौँ बाट आएका डाक्टरले Heart Attack हो, चितवन या काठमाडौँ लग्न सकिने सुझाव दिएपछि नजिक चितवन पर्ने भएकोले त्यहाँ लगीयो। मैले बुवालाई त्यहि भेटें, त्यति बेलासम्म बुवालाई Angio गरिएकोले भर्खर होस खुलेको थियो। मलाई चिन्नुभो, केहि सामान्य कुरा भए।
यो कुरा हो चितवन पुरानो मेडिकल कलेजको, सबैले नया भन्दा पुरानो राम्रो छ भनेर त्यहा लगिएको रहेछ। होस खुलेपछि केहि खाना खान मिल्छ कि भनेर सोध्दा डा. ले कालो चीया पहिला दिन भने अनुसार ल्याएर आएं , तातो भएकोले कुर्न पर्ने भो। नर्स बहिनीहरुले CCU बस्न मिल्दैन दाइ हामी खुवाइदिउला भने। सिधै अस्ट्रेलियाको अस्पतालबाट पुगेको मलाई नर्सले गरिहाल्छन नि भन्ने लाग्यो तर २ घण्टा पछि जाँदा चिया चिसो भएर त्यत्तिकै छेउमै रैछ। बुझ्दै जादा दिएनछन्। नया पुराना ५-६ जना नर्सहरु फोनमै व्यस्त देखिए, अलिकति गालि गरेर फेरी निस्किए। मतलब सामान्य सेवापनि मुस्किल हुन्छ।
अब डाक्टरहरुले बिरामीको पहिले देखिको लक्षणहरु सोध्न थाल्दा, आफुलाई खासै थाहा नभा'को, भाइ र आफु विदेशतिरै भएको कुरा दाइले फुस्काउनु भएछ। त्यसपछि डाक्टरको ध्यान कुन चाही महँगो मेसिन भन्नेमा गयो। उनीहरु pace maker एउटालाई १.५ लाख अर्कोलाई २ लाख २० हजार पर्छ, महँगो वाला जिन्दगि भर हुन्छ सस्तो ७-८ बर्षमा ब्याट्री फेर्न पर्छ भन्न थाले। औषधिकै २ दिनमा ६० हजार पुर्याईसके।
हामीलाई त्यहाँ थप उपचार त्यहाँ गर्न खासै मन भएन, काठमाडौँ लैजाने तर Norvic कि गंगालाल भन्ने पारिवारिक छलफलमा हाम्रो विश्वास गंगलालमाथि बढी भयो। अब गंगालाल लैजाने कुरा गर्दा तिनीहरु मान्दै मानेनन् , हामीले यहाँ यस्तो धेरै गरेका छौ, बिरामीको अवस्था ठिक छैन मिल्दैन मात्रै भनेर अर्को १ दिन झुलाए।
संगैको बेडमा एकजना स्थानीय ४० - ४५ का अधबैसे मान्छे अघिल्नो दिन हास्दै कुरा गरेका थिए - खै मुटुमा के भो भन्छन, भर्ना गरे भाइ भन्दै थिए। उनको राति अप्रेसन गर्दा मृत्यु भएछ, स्थानीय भएकोले तुरुन्तै उनका आफन्तहरु जम्मा भए , अनि अस्पतालमा तनाब सुरु भो।
यो घटना पछि हामी झन् डरायौ तर यही कारणले गर्दा हामीलाई बिरामी काठमाडौँ लिन दिए। गंगालाल पुग्ने बित्तिकै चितवनमा CCU मा राखेको बिरामीलाई सामान्य वार्डमा राखियो, केहि त्यस्तो खतरा छैन भन्ने कुरा सम्झाइयो। डाक्टरले हेरी सकेपछी खासै केहि औषधि पनि दिएनन्, दिनमा एक ट्याब्लेट बाहेक केहि थिएन। अनि Pace Maker हाल्ने कुरा आएपछि हामीले कुन किसिमको हाल्नुहुन्छ? चितवनमा किसिम किसिमको हुन्छ, जिन्दगि भरि चल्ने नचल्ने आदि सुनेको कुरा गर्यों।
गंगलालमा चाही त्यो निर्णय गर्ने काम डाक्टर को हो, बिरामीको उमेर, स्वाथ्य हेरेर हामीनै निर्णय गर्छौ भने। हप्ता १० दिन जति बसेर सम्पूर्ण काम भो, गंगालालको ब्यबस्थापन सार्है मन पर्यो। त्यतिको बसाइमा ९० हजारको मेशिन खर्च बाहेक अरु खासै केहि भएन।
उता चितवनमा ३ दिनको बसाइमा ३ लाख चट, होटेलको दुख, एम्बुलेन्स खोज्दाको दुख, अस्पताल वरपरका खुद्रा ब्यापारीको ब्यबहारको बारेमा भो कुरा नगरौ, साध्य छैन। यो बसाईपछि मलाई चितवन ठगहरुको अखडा झैँ लाग्छ, बस्ने गरी त्यहाँ जानु नपरोस भन्ने कामना गर्छु। मेरा धेरै मिल्ने साथीहरु चितवनका पनि छन्, मैले यो उनीहरुलाई पनि सुनाएको छु। आक्षेप लगा'को भन्ने लाग्यो भने माफी तर फुर्सदमा रामकहानी सुनाउन तयार छु।
प्रसंग ३ :
अस्ट्रेलियामा छोरोलाई ९ महिना जतिको हुदा १०३ डिग्रीको ज्वोरो आयो, हात पाखुरा तिर सानो फोका जस्ता देखिए। जे खायो, पियो वाक्न थाल्यो, आतिएर नजिकैको फार्मेसीमा डाक्टरलाई देखाउदा यस्तो सामान्य हो। बाहिर घुमाउदा Viral infection भएको हो, औषधि खान पर्दैन भन्यो। यस्तो १०३ को ज्वरो आउदापनि भनेर आफैले कर गरेपछि, औषधि खुवाउन मन भए बच्चाको Panadol (सिटामोल जस्तै ) खुवाउनु, आफै ठिक हुन्छ भनेर पठायो, नभन्दै २ दिनपछि ठिक हुदै गयो।
२ बर्ष जतिको हुदा नेपालमा फेरी त्यहि किसिमको बिरामी भो, खोकी थप थियो। घोराहीको अस्पताल लगियो, साथीको साथी डाक्टर थिए फी नलगि जाचे तर खोकी, ज्वरो, बान्ता सबैको छुट्टा छुट्टै र Anti Biotic थपेर औषधि भिराए।
२ दिनसम्म खासै ठिक नभएपछि काठमाडौँ जानु नै थियो , फेरी इशान बाल अस्पतालमा जचाईयो। दांगको औषधिको पर्चा देखाइयो। डाक्टर सुन्ने मात्रै परेछन, एक शब्द बोल्दैनन, जे जे लक्षण भन्यो हरेकको छुट्टै औषधि लेख्छन। बच्चालाई छुने हेर्ने काम सम्म गरेनन। यिनले पनि ४-५ थरि लेखी भ्याए , दांगमा दिएको र यो फरक हो ठिक हुन्छ भनेर पठाए, ५ सय झ्वाम जाचेको मात्र। घरमा गएर औषधि हेर्दा नाम मात्रै फरक रैछ। त्यो औषधिले काम गर्यो कि आफै ठिक भो, बच्चा झन् कम्जोर भो तर हप्ता दिनपछि ठिक हुदै गयो।
अहिले आएर बुवालाई फेरी Prostate Cancer को समस्या छ। खर्च को कुरा नगरौ , चितवन जाने कुरै भएन त्यो ठाउमा चेती सकिएको छ। काठमाडौँमा बस्न खान सजिलो हुने भएर पनि भक्तपुरमा हरेक ३ हप्तामा जानु पर्छ। भक्तपुरमा राम्रै उपचार हुन्छ, सरकारी भएपनि सार्है महँगो छ। हरेक पटक दांग - काठमाडौँ यात्रा गर्दा कि बिरामीको साथी कोहि हुन पर्यो या नेपालगंज हुदै जहाजमा यात्रा गर्नु पर्यो। लगभग एक पटकमा ५० हजार बढी बाटो लाग्छ। अस्ति अलि बढी समस्या थपिदा रातिमा Norvic मा पुर्याउनु पर्दा एक रातकै २० हजार रे, बिरामीले थाहा पाएर अर्को टेन्सन।
डाक्टर गोविन्द के सी १९ दिनदेखि सत्याग्रहमा छन्, कतिले पागल भनिसके कतिलाई लाग्छ एउटा एउटा व्यक्तिको पछि लाग्छन बुढा अब अति भो अनसन बन्द गर्नुपर्छ।
संगैको साथी भाइले खुरुखुरु कमाइ रहंदा, आफ्नो कमाइले नपुगेर भाइहरुसङ्ग पैसा माग्दै अर्काको सेवा कसले गर्छ ? आफू सन्चो नहुदा पनि नेपाल या संसारको अर्को कुनामा गएर सेवा कसले गर्छ ? अस्पताल नदेखेका बिरामीलाई शिबिर चलाएर को बरिष्ठ डाक्टरले उपचार गर्छ ?
यी सेवाको कुरा गर्छन, थिति बसाल्ने कुरा गर्छन। आफ्नो पेशामा नैतिकता, इमान्दारिता अनी मर्यादाको कुरा गर्छन। यी, डाक्टर भगवान होइनन मनपरी गर्नलाई भन्छन। क्षमता, सीप, प्रविधिको विकास गरेर, गाउँ ठाउँमा पुर्याउने कुरा गर्छन।
हामीलाई हरेक बिषयमा राजनीति नघुसाइ खाएको नपच्ने रोग लागेको छ, यी त्यसको उपचार गर भन्छन। न यी सामाजिक कार्यकर्ता हुन्, न नेता, न मन्त्रि यी अर्काको लागि आफ्नो टाउको दुखाउछन, ज्यान जोखिममा पार्छन। हाम्रा नेता जीहरू बाबाजिको 'लुंगी डान्स' हेर्न मस्त हुँदा यी अस्पतालको एउटा फालिएको कुनाबाट करोडौ नेपालीको चुप चाप मनको कुरा गर्छन, दुख बुझ्छन।
अहिले यिनले के, किन गरिरहेका होलान भन्ने लाग्नेहरु एक पटक सोचौं :

- तपाई, हामी वा परिवारको कुनै सदस्य सामान्य बिरामी पर्दा पनि काठमाडौँ किन धाउनु पर्ने हुन्छ ?
- हरेक स्वास्थ्यकर्मी बाट या संस्थाबाट किन लुटिएको अनुभति हुन्छ ?
- डाक्टरहरु किन बिरामीलाई समय दिदैनन या राम्रोसंग ब्यबहार गर्दैनन् ?
- किन नचाहिने औषधि पनि किन्नुपर्ने या खानुपर्ने हुन्छ ? त्यस्तै गर्न नपर्ने जाँचहरु किन गराइञ्छन ?
- हामीसंग पैसा नभए , हाम्रो जस्तो इन्सुरेन्स नहुने ठाउमा बिरामी भए के गर्ने ? हामी सबै के पी, सुजाता, रामबरण, शेर बहादुर आदिको बर्गमा त पक्कै पर्दैनौ नि !
- हामी र हाम्रा सन्ततिले सक्ने भएमा डाक्टर पढ्न किन नपाउने ? पढ्नलाई पनि काठमाडौँ या धरान नै किन धाउनु पर्ने?
15 November 2016
म किन लेख्दिन ?
कलेज पढ्न सुरु गरेको केहि समयपछिको कुरा हो, एकरात मेरो मिल्ने साथीको डेरामा वास बसियो। साथीको दाइहरु, साथी, म गफ गर्दै थियौं, वातावरण रमाईलै थियो। प्रसङ्ग के थियो ठ्याक्कै थाहा छैन, बिर्से। हाम्रो पढाईको बारेमा दाइहरु सोधिनैहाल्थे। म साथीले गज्जब गरेको छ भन्दिन्थे, उ मेरो बारेमा प्रसंशा ठोकिदिन्थ्यो। त्यती नगरे फेरी दुईजना संगै हिड्न नपाइएला भन्ने पीर। सम्झौता बिनाको आपसी समझदारी !
गफ गर्दै सुन्दै जाँदा दाईहरुलाई मेरा गफ रमाईला, चोटिला लागेछन् क्यारे माइल्दाइले 'प्रेम तिमी किन केही लेख्ने गर्दैनौ ?' भन्नुभयो। साथीले मौका छोपे "प्रेमले कविता लेख्छन नि" भन्दिहाले। के लेख्थे थाहा छैन, अलि अलि छन्द मिलाएर हामी कविता भन्दै मिलेमा एक अर्का लाई सुनाउथ्यौ। साथी अलि राम्रै लेखक हुन् , थाहा छैन अझैँ लेख्दै छन् कि लेखन बन्द भै सक्यो। धेरै भो यो सम्बन्धि कुरा नभाको, सायद हामी दुबैको चासो कम छ लेखनमा !
त्यसपछि मलाई लेख्दा राम्रै हुन्छ जस्तो लाग्यो, कविता सविता होइन अरु ठुलै केही लेख्नु पर्ला भन्ने लग्यो। त्यो अरु केही, ठुलै केही भनेको के हो अझै खोज्दै छु सोच्दै छु तर फिटिक्कै केहि लेखिएन। मुड चलेकोबेला केहि लेख्न पर्ला भनेर यो ब्लग सुरु गरे, यसमापनि खासै लछारपाटो लागेन।
आजचाहि म किन लेख्दिन, म जस्ता कारण भएका अरुपनि होलान सायद, भन्ने कारण भन्न मन लाग्यो।
ब्लग के हुदैछ भनेर सोध्ने सुबिमलाई धन्यवाद।
कुशल घट्टेकुलोतिरका केही यादहरु पनि छन् है !

- अल्छी लागेर / मुड नचलेर : धेरैजसो समय दिमागमा केहि न केहि विचारहरु आइरहेकै हुन्छन, कति छोटो समयमै उडछन् त केहि अलि लामो समय टिक्छन् । टिपोट गर्ने बानी नहुदा केहि समयमा हराइसक्छन, फेरी त्यहि कुरा सिलसिलेवार रुपमा आउदैनन्। कतिपय बेलामा चाही फुर्सद पनि हुन्छ, बिचारहरु पनि हुन्छन तर मुड चल्दैन, थाहा छैन यो ठ्याक्कै समयमा चलाउन चाही के गर्नुपर्छ ?
- नेपालीमा टाइप गर्न ढिलो हुने भएर : थाहा छ युनिकोड नेपाली Romanized मा सजिलै लेख्न सकिन्छ भनेर तैपनि मलाई English मा भन्दा अलि बढी नै समय लाग्छ। कतिपय बेला पट्यार लागेर छोडिदिन्छु , फेरी पछि त्यहि कुरालाई निरन्तरता दिन मन लाग्दैन। त्यसो त् English मै लेखेपनि हुने भन्ने मतपनि होला, यसमा आफुलाई त्यति खत्रा लाग्दैन। तैपनि कोशिश चाही गरेको छु, गरिरहनेछु।
- बिषयगत ज्ञान नभएर : आफुलाई सर्वज्ञानी लाग्दैन। केहि लेख्यो भने मान्छेहरु अर्तिको रुपमा लि'देलान कि झैँ पनि लाग्छ। ज्ञान नभाको कुरामा अर्ति दिनु पनि भएन। तरपनि धेरैलाई भन्दा केहि कुराहरुको बेशी ज्ञान हुनसक्छ त्यस्तो कुरामा वा आफ्नो विचार लेख्दाचाही हुन्छ होला। लेख्नुभन्दा पहिलाको यो सोचलेपनि रोकेको छ धेरै पटक। त्यसो त ब्लग न हो धेरै बौद्धिक बन्नपनि आबश्यक नहोला।
- शब्दहरुसँग खेल्न नजानेर : र्हस्व दीर्घको त सामान्य ज्ञान मात्रै हो मेरो त्यसमाथि शब्द ज्ञान पनि ब्यापक छैन भन्ने पर्दाखेरी कहिलेकाही लेखनमा अबरोध उत्पन्न हुनजान्छ। त्यसो त लेख्दा शब्द जाल नै बिछ्याउनु पर्ने होइन तैपनि भाष्य रस ननिस्केको अनुभूति भैदिन्छ।
- गर्नुपर्ने अरु काम मुख्य हुने भएर : हातमुख त जोड्नै पर्यो, रोजगारीले बहाना दिन्छ पन्छिन। कहिलेकाही सच्चिकैको पेलान पनि हुदैहुन्छ अनि त के चाहीयो र ह्य़ा मुला विचार, ब्लग छोड्दे भन्यो महिनौ बित्छ।
- सामाजिक संजालमा ब्यस्त भएर : Facebook, Twitter, Youtube आदि इत्यादी, फाइदा बेफाइदा बहसको बिषय होला तर समय बर्बाद गर्ने मेसिन हुन् भन्नेमा दुइमत पनि नहोला। यीनको असर मलाई पनि बेला बेलामा पर्ने गर्दछ।
ब्लग के हुदैछ भनेर सोध्ने सुबिमलाई धन्यवाद।
कुशल घट्टेकुलोतिरका केही यादहरु पनि छन् है !
4 September 2016
360 Bridge Austin!
I am posting few photos and video taken in Pennybacker Bridge, popularly known as 360 Bridge in Austin, Texas. It crosses Lake Austin and Colorado River.
Its arch design, rusty look is one of the major attractions in Austin. Enjoy the view of bridge, mountain and the Colorado river.

![]() |
| Colorado River |
| Rocky hill across the road |
| 360 Bridge |
18 April 2016
Double Rainbows!!
Today was a rainy day, cloudy and yet no sign of stopping sprinkles - kind of boring and lazy day. We went out for evening walk without plan and had some awesome view of double rainbows after a while.
10 April 2016
Inserting Copyright (©) Symbol in Photoshop!
I'm sharing 2 methods of inserting Copyright symbol in Photoshop!
- Place your cursor in the desired place, keep holding Alt key then press 0169 number keys and finally release Alt key. In short, Alt + 0169
- Second method is to select 'Custom Shape Tool' from the Tools and then choose Copyright © shape. Drag it to the work space. see images:
Software used: Adobe photoshop CS6, Windows 7
San-Antonio Down town Photos!
Here are some of the pictures taken from 'Tower of the Americas', San Antonio, Tx. These include beautiful San Antonio city (as they call it Down-town in North America) and surroundings just before and after the Sun set.
13 October 2014
जनकविलाई हार्दिक श्रधांजलि !!
यसो फेसबुक हेर्दै थिऍ , कान्तिपुरको लिंकमा "जनकवि केशरी धर्मराज थापाको निधन" भन्ने थाहा पाईयो। शीर्षक पढ्दै दु:ख लाग्यो।
करिव १२-१३ बर्ष पहिले उहालाई भेटेको कुरा याद आयो। छोटो, त्योपनि यात्राको भेट थियो। मेरो भान्जा (रेशम) स्वयम्भूको ब्यारेकमा भएकोले उतैतिर बस्थे, म उनको डेरामा वासबसी बिहानै टेम्पो चढी पाटनतिर डेरामा फर्किदै थिए, स्वयम्भू नजिकैबाट जनकविपनि संयोगले म चढेकै टेम्पोमा एउटा ठुलो, गज्जबको कुकुर सहित चढ्नु भयो। मैले उहाँलाई प्रत्यक्ष कहिल्यै भेटेको थिएन, उहाँले मलाई चिन्ने त झन् कुरै भएन।
'हरियो डाँडामाथि........ हो हो माले हो हो........' त मेरो मनपर्ने अनि सानोमा गुनगुनाउने गीत नै भो । त्यसो त उहाका थुप्रै कर्णप्रिय गीतहरु रेडियो नेपालमा बज्थे, बज्छन्। टेलिविजन, पत्रपत्रिकामा मैले उहाँलाई देखेको र उहाँका गीतहरु सुनेकोले चिनिहाले। त्यसैले सम्मानसाथ नमस्कार गरें। उहाँले नमस्कार फर्काउनु भो अनि बाबुको घर काँ ? भनेर सोध्नु भो। मैले दांग भनेपछि , आफु दांग लगायत आसपासका जिल्लाहरु घुमेको स्मरण गर्नु भो, साथमा बाबुको घरमा को को छन्, सन्चो बिसन्चो सम्म सोध्न भ्याउनु भो।
मनमनै लाग्यो यी मान्छे ठुला मात्र हैनन, सरलताको सुगन्ध भएका असलपनि हुन् । यत्तिकैमा टेम्पो चालक दिदी पछाडी फर्केर भाडा उठाउन थालिन, जनकविको पालो आयो। उहासंग रु. ५०० को नोट रै'छ त्यहि दिनु भो, त्यसपछि त के थियो र दिदी बम्किहलिन ' बाजे बिहान बिहानै यत्रो ठुलो नोट देखाउने' भनेर। उनले उहालाई चिनिनन् या वास्ता गरिनन् त्यो त मलाईपनी थाहा भएन तर उहालेचाहिँ साह्रै अप्ठ्यारो मान्नुभयो। अरु यात्रुलाई पनी खासै मतलव भएन। मलाई चाही अवसर मिले झैँ भो, उहाको र मेरो भाडा रु. १० तिरे। उहाले मलाई धन्यवाद दिदै भन्नु भो बाबुको पैसा म फिर्ता गर्छु, मेरो घरमा आउनु होला। घरको ठेगनापनी बताउनु भयो। मैले फिर्ता गर्नु पर्दैन, हजुरसँग भेट हुनु मेरो भाग्य हो भनें। किन किन त्यो दिन मनमा सार्है आनन्द लाग्यो।
उहा कुकुरको उपचार गराउन कालिमाटीमा ऒर्लनुभो, म आफ्नो डेरातिर।
आज उहाको निधनको खबरले त्यो दिनको खुसि भन्दा धेरै गुणा दुखी तुल्याएको छ। मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछु।
नेपालीका जनकवि केशरीलाई हार्दिक श्रधांजलि !!

19 March 2014
Chris Smith talks about Everest Base Camp with Justine Teal
Chris Smith, a famous Radio broadcaster in one of the popular radio stations - 2 GB, is talking to Justine Teal from the Macquarie Radio Network Promotions Department in Australia.
If you are thinking of high altitude, himalayas and the Mount Everest and really want to be there, listen to these guys. Justine Teal who is recently back from everest base camp in Nepal, shares her feelings about altitude, degrees of dificulties, facilities, limitations, what to be cautious about and terrific Nepalese people.
Please click on the link below to listen audio:
Smithy talks Everest Base Camp | 2GB
Subscribe to:
Posts (Atom)