यसो फेसबुक हेर्दै थिऍ , कान्तिपुरको लिंकमा "जनकवि केशरी धर्मराज थापाको निधन" भन्ने थाहा पाईयो। शीर्षक पढ्दै दु:ख लाग्यो।
करिव १२-१३ बर्ष पहिले उहालाई भेटेको कुरा याद आयो। छोटो, त्योपनि यात्राको भेट थियो। मेरो भान्जा (रेशम) स्वयम्भूको ब्यारेकमा भएकोले उतैतिर बस्थे, म उनको डेरामा वासबसी बिहानै टेम्पो चढी पाटनतिर डेरामा फर्किदै थिए, स्वयम्भू नजिकैबाट जनकविपनि संयोगले म चढेकै टेम्पोमा एउटा ठुलो, गज्जबको कुकुर सहित चढ्नु भयो। मैले उहाँलाई प्रत्यक्ष कहिल्यै भेटेको थिएन, उहाँले मलाई चिन्ने त झन् कुरै भएन।
'हरियो डाँडामाथि........ हो हो माले हो हो........' त मेरो मनपर्ने अनि सानोमा गुनगुनाउने गीत नै भो । त्यसो त उहाका थुप्रै कर्णप्रिय गीतहरु रेडियो नेपालमा बज्थे, बज्छन्। टेलिविजन, पत्रपत्रिकामा मैले उहाँलाई देखेको र उहाँका गीतहरु सुनेकोले चिनिहाले। त्यसैले सम्मानसाथ नमस्कार गरें। उहाँले नमस्कार फर्काउनु भो अनि बाबुको घर काँ ? भनेर सोध्नु भो। मैले दांग भनेपछि , आफु दांग लगायत आसपासका जिल्लाहरु घुमेको स्मरण गर्नु भो, साथमा बाबुको घरमा को को छन्, सन्चो बिसन्चो सम्म सोध्न भ्याउनु भो।
मनमनै लाग्यो यी मान्छे ठुला मात्र हैनन, सरलताको सुगन्ध भएका असलपनि हुन् । यत्तिकैमा टेम्पो चालक दिदी पछाडी फर्केर भाडा उठाउन थालिन, जनकविको पालो आयो। उहासंग रु. ५०० को नोट रै'छ त्यहि दिनु भो, त्यसपछि त के थियो र दिदी बम्किहलिन ' बाजे बिहान बिहानै यत्रो ठुलो नोट देखाउने' भनेर। उनले उहालाई चिनिनन् या वास्ता गरिनन् त्यो त मलाईपनी थाहा भएन तर उहालेचाहिँ साह्रै अप्ठ्यारो मान्नुभयो। अरु यात्रुलाई पनी खासै मतलव भएन। मलाई चाही अवसर मिले झैँ भो, उहाको र मेरो भाडा रु. १० तिरे। उहाले मलाई धन्यवाद दिदै भन्नु भो बाबुको पैसा म फिर्ता गर्छु, मेरो घरमा आउनु होला। घरको ठेगनापनी बताउनु भयो। मैले फिर्ता गर्नु पर्दैन, हजुरसँग भेट हुनु मेरो भाग्य हो भनें। किन किन त्यो दिन मनमा सार्है आनन्द लाग्यो।
उहा कुकुरको उपचार गराउन कालिमाटीमा ऒर्लनुभो, म आफ्नो डेरातिर।
आज उहाको निधनको खबरले त्यो दिनको खुसि भन्दा धेरै गुणा दुखी तुल्याएको छ। मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछु।
नेपालीका जनकवि केशरीलाई हार्दिक श्रधांजलि !!