/* Google Analytic codes start here*/ /* Google Analytic codes End here*/

Welcome !

Welcome to Prem's blog
All the materials contained in this blog are subjected to copy right of Mr. Prem KC unless other sources mentioned. Thanks for visiting my blog.

27 September 2011

घटस्थापना सम्झदा

"छिटो छिटो नुहाइहाल अहिले धारो सुक्छ", एका बिहानै आँखा मिच्दै उठ्दै गर्दा मेरो कानमा ठोक्किन आउने आमाको आवाज हो यो | आजको दिन, घरको कान्छो छोरो सबैले भनेको मान्नुपर्ने, आमाले सबेरै तयार पार्देको पूजा सामांग्री लिएर  चण्डी भट्याउने पालो मेरै हो | एक दिन भए पो ! अब आउने दशैंका दशै दिन बिहानै उठ, नुहाउ, दुर्गा पाठ गर त्यो पनि संस्कृतमा केहि बुझे त मरिजानु, देवीका नाम बाहेक | यसो दियो कलश लिन भान्छा छिरेको, भर्खरै भैसी दुहेको दुध पाकेर पनि तर् लागिसकेछ , आमालाई सानो स्वरमा भने 'दूध दिनु न, खाएर पूजा गर्न जान्छु' | आमाको नियम कडा, पूजा नगरी केहि खान नपाइने भो अनि लागे माथिल्नो तलामा पाठ-पूजा गर्न 'यदंम गुह्यम ....................... प्रथम शैल पुत्री, द्वित्यम ब्रम्हाचारिणी ,................... ' , मनमा कढाइको दूध, अनि तल भान्सामा आमाले पकाउंदै रोटीको वास्ना  सुघ्दैं |
पाठ-पूजा  द्रुत गतिमा सिध्याए, अनि हानिए भान्छामा आमा भएको  ठाउँ पूजाको थालि सहित | 'अब त दूध दिनुस्, भोक लग्यो', आमा त पर्खे एकछिन भन्दै जमरा राख्न पो हिड्नु भो | मेरो पालो सबभन्दा ठुलो स्टीलको, बुवाले दूध पिउने गरेको, गिलास भरें घरको अर्को कुनोतिर हान्निए |  शिरिशिरी  चलेको बतास, हल्का शीत, खुल्ला आकाश, चिरिबिरी चराको आवाज अनि तातो दूध, आहा! कति सुन्दर छ मेरो गाउँ, अनि यो मौसम | अब भरि पेट लिएर खाना खाने नहुँदासम्म गाउँ घुम्ने पालो मेरो किनकि बुवा त बिहानै कता पुगी सक्नु  भो, कति काम भयाईसक्नु भो होला | मेरो गाउँ घुम्ने काम  चाही साथी भेट्ने, आफन्त भेट्ने नै हो, लगभग बर्ष दिन पछी काठमाडौँबाट गाउँ फर्केको, महिना दिनसम्ममा के के गर्ने, कहाँ जाने साथीहरुलाई भेटे पछी योजना बन्ने गर्छा |
पांच बर्ष भो घटस्थापनालाई यसरीनै मैले सम्झिन थालेको | हेरौ, अझै यो बिदेशमा कति बर्ष यस्तै आमा, बा, आफन्त, साथीभाई, गाउँ-घर संझिदै बित्ने हुन् | चण्डी नभट्याए पनि जमरा त राख्नै पर्यो, दशै दिन घर-परिवारसंग दशैं नमनाए पनि एकदिन त पक्कै मनाउछु सबैलाई संझिदै |

सबैको दशैं शुभ रहोस, रमाइलो बितोस, बिजया दशमीको शुभकामना !!!

26 September 2011

P-mail

के भो नभन्नू बा कहिल्यै सन्चो विसन्चो नसोध्ने छोरालाई
Default process बाले भुलेपछि पर्नु पिर परेको छ यहाँ मलाई
खल्ति सबै delete, उनले टेर्ने
त के हेर्न पनि छोडिसकिन्
यसपालिको process त सार्है ढिलो भो RAM थप्नुपर्छ की बालाई ?

गाउँबाट शहर Log-In गर्दा बाले यसो गर्नू, उसो नगर्नू भनेका कुरा
कहिलेकहिँ भएपनि त सम्झन्छु बा शहरमा भुलिरहंदा
शहर भन्ने site नै एस्तो connect गरिरंहूजस्तो
Link त Disco, Restaura कति कति  picture त झन् आहा कति राम्रा ! 

पढाई त technology को एकैरातमा रुद्री कण्ठस्थ गरेजस्तो कहाँ  हो र ?
Run-time error आइरहन्छ debug गर्न सजिलो कहाँ छ र ?
सतगत छोडेको छैन बाको जस्तो धोति नफेरे नि
जनैलाई comment बनाई के-के हुन्छ श्वेत पिण्डभित्र, हेरेको कहाँ छु र ? 

बेला-बेलामा server को मेरो IP address change गरिरहनुपर्छ
Fibre optics के बिछौने , बा को मेरो wireless communication चलिरहनुपर्छ
बा अन्तमा मैले माताश्रीलाई cache मेमोरी बाट ढोग गरे
पढाईको चटारो बिर्सी cinema को हतारो भा'को छोरालाई 'तथास्तु' भन्नुपर्छ